२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असोजमा पनि उठेन लक्ष्य अनुसारको राजस्व

अ+ अ-

काठमाडौँ । विराटनगर भन्सार कार्यालयले असोज महिनामा पनि लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको जनाएको छ। विराटनगर भन्सार कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार  असोज महिनामा लक्षको ६० प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो । 

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोज महिनामा लक्ष्यको ६०.१४ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको छ। असोज महिनामा विराटनगर भन्सारले ४ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा २ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ। भदौ महिनामा पनि विराटनगर भन्सार कार्यालयले लक्ष्य अनुसार  राजस्व सङ्कलन गर्न सकेको थिएन। भदौ महिनामा विराटनगर भन्सार कार्यालयले लक्ष्यको ५६.८१ प्रतिशत राजस्व सङ्कलन गरेको थियो। भदौ महिनाका लागि ४ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको थियो । 

साउन महिनामा पनि विराटनगर भन्सार कार्यालयले लक्षको ८१.५७ प्रतिशत मात्रै राजस्व असुली गरेको थियो। साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ मात्रै असुली गरेको थियो। चालु आर्थिक वर्षको तीन महिनामा  सङ्कलन गरेको राजस्व अघिल्लो  आर्थिक वर्षको तुलनामा पनि न्यून हो। अघिल्लो आर्थिक वर्षको तीन महिनामा विराटनगर भन्सार कार्यालयले ८ अर्ब ८४ करोड ८४ लाख ३३ हजार रुपैयाँ राजस्व असुली गरेकोमा चालु आर्थिक वर्षको तीन महिनामा ८ अर्ब २९ करोड ९५ लाख १७ हजार रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि भए पनि  नेपालको आन्तरिक बजारमा माग घटेका कारण विराटनगर नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापारमा पनि कमी आएको छ। 

अघिल्लो आर्थिक वर्ष ०७९/८०को पहिलो तीन महिनामा ६१ अर्ब ३७ करोड २ लाख ९५ हजार रुपैयाँको कुल व्यापार भएकोमा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५२ अर्ब ६३ करोड ९५ लाख ८८ हजार रुपैयाँको मात्रै व्यापार भएको छ। 

प्रतिक्रिया दिनुहोस