राष्ट्रसङ्घका महासचिव गुटरेस पाटन दरबार क्षेत्रमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रसङ्घका महासचिव गुटरेस पाटन दरबार क्षेत्रमा


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस ललितपुरको पाटन दरबार स्क्वायर पुगेका छन्।

आइतबार दिनभर उच्चस्तरीय भेटवार्ता सकाएर गुटरेस पाटन दरबार क्षेत्रमा पुगेका हुन्।

पाटनमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन लगायतले महासचिव गुटरेसलाई स्वागत गरे। उनको स्वागतमा सांस्कृतिक नाचगान पनि प्रस्तुत गरिएको थियो।

आज बिहान १ बजे काठमाडौँ आएका महासचिव गुटरेस भोलि नाम्चे, पोखरा लुम्बिनी जाने कार्यक्रम छ।

Tags :
प्रतिक्रिया दिनुहोस