विश्वकप क्रिकेट : भारतद्वारा इंग्ल्यान्डसामु २३० रनको लक्ष्य प्रस्तुत « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेट : भारतद्वारा इंग्ल्यान्डसामु २३० रनको लक्ष्य प्रस्तुत


१२ कार्तिक २०८०, आइतबार


काठमाडौँ । कप्तान रोहित शर्माको अर्धशतकप्रेरित भारतले आईसीसी एक दिवसीय विश्वकपमा साविक विजेता इंग्ल्यान्डलाई २३० रनको लक्ष्य दिएको छ ।

आइतबार लखनउस्थित एकाना क्रिकेट रङ्गशालामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २२९ रन जोड्यो ।

इंग्लिस बलरसामू दबाबमा देखिएको घरेलु टिमको इनिङ कप्तान रोहितले उकासे । रोहितले १०१ बलमा १० चौका र तीन छक्कासहित ८७ रन बनाए । ४०–३ को कठिन अवस्थामा रहँदा चौथो विकेटका लागि केएल राहुलसँग ९१ रनको साझेदारी गर्दै रोहितले भारतको इनिङ सम्हालेका थिए । राहुलले ३९ रन थपे । यस्तै, सूर्यकुमार यादवले ४९ रन बनाएपछि भारत सम्मानजनक योगफलसम्म पुगेको हो । जसप्रित बुमराहले १६ रन थपे ।

यसबाहेक, ब्याटरबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इंल्यान्डका डेविड विलीले तीन विकेट लिए । १० ओभर बलिङ गरेका विलीले दुई मेडन राख्दै ४५ रन खर्चिए । क्रिस वोक्स र आदील रासिदले समान दुई विकेट लिए । मार्क उडले एक विकेट हात पारे ।

अक्टोबर ५ देखि सुरु भएको प्रतियोगितामा भारत हालसम्म अपराजित छ । पाँच खेलबाट १० अङ्क जोडेको भारत तालिकाको दोस्रो स्थानमा छ । यता, विश्वकपमा खराव लयबाट गुज्रिरहेको साविक विजेता इंग्ल्यान्ड भने पाँच खेलबाट दुई अङ्कसहित तालिकाको पुछारमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस