महासचिव गुटेरेस स्वागत गर्न सिँगारिँदै लुम्बिनी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

महासचिव गुटेरेस स्वागत गर्न सिँगारिँदै लुम्बिनी


१२ कार्तिक २०८०, आइतबार


लुम्बिनी । संयुक्त राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेस लुम्बिनी जाने भएपछि सडक कालोपत्र गर्दै हतार-हतार तयारी थालिएको छ ।

मंगलबार बिहान डेढ घण्टाका लागि आउने उनका लागि ४ नम्बर गेटदेखि शान्तिदीपसम्म ६ सय ५० मिटर बाटो कालोपत्र गरिँदै छ ।

दुई-तीन दिनदेखि रातदिन २४ सैं घण्टा काम गरेर बाटो कालोपत्रे गरिँदै छ । बाटोका खल्टाखुल्टी पुरिएको छ । अन्य बाटो पनि पानी हालेर धुलो नउड्ने बनाइएको छ । ४ वटा हेलिप्याडको सरसफाइ गरेर रंगरोगन गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस