राजनीतिक दल र राज्यका संस्थाप्रति नागरिकको विश्वास घटेको छैन : सभापति देउवा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

राजनीतिक दल र राज्यका संस्थाप्रति नागरिकको विश्वास घटेको छैन : सभापति देउवा 


११ कार्तिक २०८०, शनिबार


काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस लोकतान्त्रिक पार्टी हुनाका नाताले राजनीतिक दलहरुप्रतिको आलोचनालाई सकारात्मकरुपमा लिएको बताएका छन्।

बडादसैँ तिहार, नेपाल संवत् र छठलगायत पर्वका अवसर पारेर काँग्रेसले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको चियापान तथा शुभकामना आादनप्रदान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “दलहरुप्रति आएको आलोचना र टिप्पणीलाई मैले सकारात्मक लिएको छु।”

राजनीतिक दलले आफूलाई जनताका बीचमा लोकप्रियता हासिल गर्न राम्रोसँग काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सबै राजनीतिक दलप्रति जनताको आशा र भरोसा उत्तिकै कायम रहेको दावी गरे। सभापति देउवाले भने, “ राजनीतिक दल र राज्यका संस्थाप्रति विश्वास घटेको छैन।”

काँग्रेस पार्टीभित्र बेमेल भइरहेको छ नि भन्ने सञ्चारकर्मीको जिज्ञाशामा उनले पार्टीभित्र बेमेल रहेको कुरा सत्य नभएको बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस