विश्वकप क्रिकेट : अस्ट्रेलियाले न्युजिल्यान्डलाई दियो ३ सय ८९ रनको लक्ष्य « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेट : अस्ट्रेलियाले न्युजिल्यान्डलाई दियो ३ सय ८९ रनको लक्ष्य


११ कार्तिक २०८०, शनिबार


काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई ३ सय ८९ रनको विशाल लक्ष्य दिएको छ ।

धर्मशालामा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलिया ४९ ओभर २ बलमा ३ सय ८८ रनमा अलआउट भयो । अस्ट्रेलियाका ट्राभिस हेडले विश्वकपको डेब्युमा शतक बनाए । उनी ६७ बलमा १ सय ९ रन बनाएर आउट भए । यस्तै डेभिड वार्नरले ८१, ग्लेन म्याक्सवेलले ४१, जोस इङ्लिसले ३८ र कप्तान प्याट कमिन्सले ३७ रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले समान ३ तथा मिचेल स्यान्टनरले २ विकेट लिए ।

न्युजिल्यान्ड ५ खेलमा ४ खेल जित्दै ८ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । अस्ट्रेलिया उति नै खेलमा ३ खेल जित्दै ६ अङ्कसहित चौथो स्थानमा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस