०८४ मा सबै राजनीतिक दललाई बिदा गर्नुपर्छ : रवि लामिछाने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

०८४ मा सबै राजनीतिक दललाई बिदा गर्नुपर्छ : रवि लामिछाने


११ कार्तिक २०८०, शनिबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरूलाई पराजित गर्ने बताएका छन् । 

शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आउँदा समेत कुनै पनि राजनीतिक दलहरूले जनताका लागि काम नगरेको बताए । 

उनले हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्न सक्छौ गर भन्ने चुनौती दिएको बताए । उनले आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने दाबी गरे । 

“भ्रष्टाचारका फाइल खोल्ने भन्दै तर्सिएर बन्द गरेका छन् । तपाईँहरूको आवाज त्यति सुनिएन भनेर कहिले कहीँ केहीले भन्ने गर्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । के मा दिने, कति दरो बोल्ने, के भन्ने रु अब ठूलो स्वर गर्ने, दबाब दिने होइन,” उनले भने, “०८४ मा एकै पटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने हो ।”

Tags :
प्रतिक्रिया दिनुहोस