माओवादी नेताहरू लुकेर दशैंको टीका लगाउँछन् : शङ्कर पोखरेल « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

माओवादी नेताहरू लुकेर दशैंको टीका लगाउँछन् : शङ्कर पोखरेल


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले माओवादी नेताहरू लुकेर दशैंको टीका लगाउने अवस्थामा पुगेको टिप्पणी गरेका छन् ।

एमाले तुलसीपुर उपमहानगर कमिटीले आज गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महासचिव पोखरेलले माओवादीले विगतमा दशैं बहिष्कारको अभियान चलाए पनि अहिले लुकेर टीका लगाउने अवस्थामा पुगेको बताए ।

‘पहिले माओवादी दशैँ बहिष्कार अभियानमा थिए’, महासचिव पोखरेलले भने, ‘दशैँ बहिष्कार गर्नेलाई समाजले नस्विकार्ने भएपछि लुकेर टिका लगाउने गरेका छन् ।’ दशैं कुनै धर्म विशेषको चाड मात्रै नभई नेपाली संस्कृति भएकाले कम्युनिष्ट भएकै कारण दशैं बहिष्कार गर्न नहुने उनले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस