दाङमा दशैँमा मात्रै करिब ७ सय गाडी कारबाहीमा, ५ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

दाङमा दशैँमा मात्रै करिब ७ सय गाडी कारबाहीमा, ५ लाख रुपैयाँ भन्दा बढी राजस्व सङ्कलन


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । दाङमा दशैँको अवधिमा छ सय भन्दा धेरै गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । 

गएको असोज २८ गतेदेखि कात्तिक ८ गतेसम्ममा ६ सय ७९ वटा गाडी कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।, 

कार्यालयका अनुसार ६ सय ७९ वटा गाडी कारबाहीबाट ५ लाख १३ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । दशैँको अवधिमा जिल्लामा झण्डै दैनिक ८५ वटा गाडी कारबाहीमा परेको प्रहरीले जनाएको छ । कारबाहीमा पर्नेमा सबैभन्दा मोटरसाइकल रहेका छन् । दशैँमा मात्रै २ सय ७७ वटा मोटरसाइकल कारबाहीमा परेका छन् । जसबाट दुई लाख १४ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । हेलमेट नलगाउने, लाइसेन्स नबोक्ने, दुई जना भन्दा धेरै बोकेर मोटरसाइकल चलाउनेहरू कारबाहीमा परेको दाङ प्रहरी प्रमुख किरण प्रकाश मल्लले जानकारी दिए 

मोटरसाइकल पछि कारबाहीमा पर्नेमा जिप तथा कार रहेको छ । यसैक्रममा ट्राफिक नियम विपरीत गाडी चलाउने एक सय २ जना चालकलाई कारबाही गरिएको छ । जसबाट ८५ हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यस्तै एक सय ९ वटा अटोरिक्सा कारबाहीबाट ७४ हजार ५ सय रुपैयाँ, ८७ वटा ट्रकबाट ६२ हजार ५ सय, ६७ वटा बसबाट ५० हजार ५ सय र ३७ वटा ट्रयाक्टरबाट २६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस