नदीमा डुबेर दुई बालकको मृत्यु « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नदीमा डुबेर दुई बालकको मृत्यु


१० कार्तिक २०८०, शुक्रबार


कैलाली । नदीमा डुबेर कैलालीका दुई बालकको मृत्यु भएको छ ।

जिल्लाको बर्दगोरिया गाउँपालिका-६ का ६ वर्षीय दिपसन मल्ल र ७ वर्षीय आयुष मल्लको नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले बताएको छ ।

बर्दगोरिया गाउँपालिका-६ स्थित काँडा नदीमा नुहाउन गएका बेला उनीहरू डुबेका थिए । नदीमा डुबेको अवस्थामा फेला परेका उनीहरूलाई बर्दगोरिया अस्पताल पुर्‍याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस