त्रिदेशीय टी-२० सिरिजमा नेपाल र युएई बीच फाइनल खेल « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

त्रिदेशीय टी-२० सिरिजमा नेपाल र युएई बीच फाइनल खेल


१० कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । त्रिदेशीय टी-२० सिरिजमा नेपाल र युएईबीच आज फाइनल खेल हुने भएको छ। 

शुक्रबार बिहान ११ बजेदेखि कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र युएईबीच फाइनल हुन लागेको हो। 

नेपाल, युएई र हङकङबीच नेपालमा जारी सिरिजबाट हङकङ बाहिरिसकेको छ। 

गत सोमबार युएईसँग भएको खेलमा नेपाल ५ विकेटले विजयी बनेको थियो।

नेपालले युएई र हङकङलाई दुई-दुई खेलमा पराजित गरेको थियो ।

आजको फाइनल खेलमा पनि  नेपालले जित्ने आशा भने कायमै राखेको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस