झन्डै ४ लाख रुपैयाँसहित सात जना जुवाडे पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

झन्डै ४ लाख रुपैयाँसहित सात जना जुवाडे पक्राउ


९ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँको टेकुमा झन्डै चार लाख रुपैयाँसहित तास खेलिरहेका सात जनालाई प्रहरीले पक्राउ गरेको छ। 

काठमाडौँ महानगरपालिका-१२ टेकु बस्ने कुसुम देउलाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २२ वर्षीय रिक्की देउलासहित ७ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद तीन लाख ८६ हजार २ सय रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस