धानवारिमा युवकको शव फेला, हत्या गरिएको आशङ्का « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

धानवारिमा युवकको शव फेला, हत्या गरिएको आशङ्का


९ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । जनकपुरधाममा एक युवकको शव फेला परेको छ। बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ विसपिट्टीदेखि विन्ही जाने बाटोको तल धानवारिमा शव फेला परेको धनुषा प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बाटोमा केही रगत देखिएको तथा शवमा समेत रगतजस्तो पदार्थ देखिएको छ।

शवको सनाखत हुन नसकेको र घटना स्थलमा तालिम प्राप्त कुकुरहरू बोलाइएको छ । प्रारम्भिक चरणमा उनको हत्या भएको हुन सक्ने आशङ्का गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस