काठमाडौँ । सद्भावको सहर बाँकेमा बडादशैंका लागि जिल्लाका विभिन्न स्थानमा स्थापना गरिएका दुर्गा भगवतीको मूर्ति बुधबार एकादशीको दिन शान्तिपूर्वक विसर्जन गरिएको छ ।
मूर्ति विसर्जन गर्नु पहिले नगर परिक्रमा गरी राप्ती नदी तथा मानखोलामा विसर्जन गरिएको छ । चोक चोकमा प्रहरी तैनाथ गरी बाँकेमा स्थापना गरिएको मूर्ति विसर्जनका लागि लगिएको थियो ।
बाँकेको कम्दीघाटमा रहेको राप्ती नदीमा दशैंमा स्थापना गरिएका करिब ४ सय भन्दा बढी संख्यामा मूर्ति विसर्जन गरिएको छ । कोहलपुर र खजुरा क्षेत्रमा स्थापना गरिएका यस्ता मूर्ति मानखोलामा विसर्जन गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।