जुवातास खेलिरहेका आठजना प्रहरी नियन्त्रणमा  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जुवातास खेलिरहेका आठजना प्रहरी नियन्त्रणमा 


८ कार्तिक २०८०, बुधबार


काठमाडौँ । जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । प्रहरीका अनुसार काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-१०, पुरानो गाउँका विनोद हुमागाईँको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ४४ वर्षीय रामचन्द्र विष्टसहित आठजना छन् । गए राति उनीहरूलाई नगद एक लाख ५३ हजार ४७० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस