प्रहरी महानिरीक्षक कुँवरले लगाइदिए सकल दर्जाका प्रहरी कर्मचारीलाई दशैंको टीका « प्रशासन
Logo २८ भाद्र २०८१, शुक्रबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

प्रहरी महानिरीक्षक कुँवरले लगाइदिए सकल दर्जाका प्रहरी कर्मचारीलाई दशैंको टीका


८ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले वडा दशैं २०८० को अवसरमा सकल दर्जाका प्रहरी कर्मचारीलाई टिका लगाएका छन् । 

बुधबार प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित कर्मचारीलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाउनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामनासमेत गरेका छन् ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थित कर्मचारीलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन । इच्छुक प्रहरी कर्मचारीलाई टिका लगाउनका लागि दिउँसो एक बजेदेखि चार बजेसम्मको समय तोकिएको थियो ।

टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा लगायत वरिष्ठ प्रहरी अधिकृत, नेपाल प्रहरी श्रीमती सङ्घका पदाधिकारी, पूर्व प्रहरी कर्मचारी, प्रहरी अधिकृत तथा जवान एवम् प्रहरीका परिवारसमेतको उपस्थिति रहेको थियो । टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामनासमेत आदानप्रदान गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस