आज पनि दसैँको टीका र जमरा लगाइँदै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आज पनि दसैँको टीका र जमरा लगाइँदै


८ कार्तिक २०८०, बुधबार


काठमाडौँ । बुधबार (आज) पनि दसैँको टीका र जमरा लगाइँदै छ। मङ्गलवारको शुभ साइतमा टीका थाप्न नपाएकाहरू आज पनि आफन्त कहाँ आसिर्वाद लिन जाने गरेका छन् । टीका लगाउनेक्रम कोजाग्रत पूर्णिमा (शनिबार) को दिनसम्म रहन्छ।

कतिपय ठाउँमा भने विजया दशमीको दिन टीकाजमरा लगाएपछि दसैं सक्ने प्रचलन पनि रहेको छ।

विजयादशमीको भोलिपल्ट पर्ने पापाङ्कुशा एकादशीका दिन व्रत बस्नाले र भगवान् विष्णुको उपाशना गर्नाले मोक्ष प्राप्ति हुने विश्वास छ।

आजका दिन काठमाडौँको बूढानीलकण्ठ भक्तपुरको भचाँगुनारायण आदि भगवान विष्णुका मन्दिरहरूमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस