नेपालको आन्तरिक परिवर्तनले चीनसँगको सम्बन्ध परिवर्तन हुँदैन : प्रधानमन्त्री « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपालको आन्तरिक परिवर्तनले चीनसँगको सम्बन्ध परिवर्तन हुँदैन : प्रधानमन्त्री


७ कार्तिक २०८०, मंगलबार


बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको आन्तरिक कारणले चीनसँगको सम्बन्धमा कुनै परिवर्तन नहुने बताएका छन् । आज चीनको राजधानी बेइजिङमा भएको चीनको छिमेक कूटनीतिको मित्रता, इमानदारिता, साझा फाइदा र समावेसिताको कार्यक्रम आएको एक दशक पुगेको अवसरमा भिडियो सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।

चीनले नेपालको कोभिड-१९ लडाइँमा गरेको सहयोगको तारिफ गर्दै प्रधानमन्त्रीले नेपाल र चीनको सम्बन्ध मित्रता र विश्वासमा आधारित भएको बताउँदै नेपाल चीन जोड्ने रेलमार्ग देखी ट्रान्समिसनलाइन निर्माणका कामहरु अगाडि बढाउन आवश्यक भएको बताए । उनले भने ‘नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ । नेपाली भूमि छिमेकी विरुद्ध प्रयोग हुन दिइनेछैन ।’

चिनियाँ विदेश मन्त्रालय र चीनको थिंक ट्याङ्क चाइना इस्टिट्य्युट अफ इन्टरनेसनल रिलेसन्स्को संयुक्त आयोजनामा भएको अन्तर्राष्ट्रिय गोष्ठीको उद्घाटन गर्दै चिनियाँ विदेशमन्त्रीले नेपाललाई भूकम्प हुँदा गरेको सहयोग स्मरण गरे भने लाओस् र चीन रेलमार्गको कारणले भूपरिवेष्ठित लाओस् भूजडित् भएको बताए ।

उनले आसियानको जनसङ्ख्याकै संख्यामा चीनले कोभिड खोप उपलब्ध गराएको समेत बताए । विश्वको आर्थिक वृद्धिमा ३० प्रतिशत तथा एसियाको वृद्धिमा ६० प्रतिशत चीनको योगदान भएको भन्दै उनले त्यसको फाइदा सबै छिमेकहरूले लिनुपर्ने बताए । तर, त्यसको लागी शान्ति अनिवार्य सर्त भएको तर्क गरे ।

चिनियाँ राष्ट्रपति सिले हावा र घामको किरणसँग शान्तिको तुलना गरेको भन्दै उनले विकासमा शान्ति अनिवार्य भएको भन्दै शितयुद्धकालिन धङधङ्गी अन्त्य हुनुपर्ने बताए ।

कार्यक्रममा मंगोलियाका प्रधानमन्त्री लुभसान्भ्सराई ओयुन-एर्देन, कम्बोडियाका उपप्रधानमन्त्री सुन चान्थोल, जापानका पूर्वप्रधानमन्त्री युसो फुकुदा, दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री लि हान चानदेखि पाकिस्तानका सिनेट अध्यक्ष मोहम्मद सादिक सन्जराईनी लगायतले सम्बोधन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस