पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोप्य कागजातहरू चुहावट गरेको अभियोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोप्य कागजातहरू चुहावट गरेको अभियोग


६ कार्तिक २०८०, सोमबार


इमरान खान

एजेन्सी । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि सोमबार गोप्य कागजातहरू चुहावट गरेको अभियोग लगाइएको छ ।

एक अभियोजकका अनुसार उक्त आरोपमा १४ वर्षसम्मको जेल सजायको प्रावधान छ । गत वर्ष सत्ताबाट हटाइएपछि उनी कानूनी झमेलमा फसेका छन् ।

उनले आफूलाई सन् २०२४ जनवरीमा निर्वाचनमा प्रतिस्पर्धा गर्नबाट रोक्नका लागि आरोप लगाइएको बताएका छन् । लोकप्रिय राजनीतिज्ञ खानलाई भ्रष्टाचारको आरोपमा अगस्टमा तीन वर्षका लागि जेल सजाय गरिएको थियो तर जब उनको सजाय उल्टियो त्यसपछि उनलाई राज्यका कागजातहरू साझा गरेको धेरै गम्भीर आरोपमा हिरासतमा राखियो ।

“उहाँलाई आज दोषी ठहर गरिएको छ र आरोपलाई खुला रूपमा पढिएको छ”, पाकिस्तानको सङ्घीय अनुसन्धान एजेन्सी (एफआईए) का शाह खावरले पूर्वप्रधानमन्त्री खानलाई राखिएको अदियाला जेलबाहिर भने ।

एफआईएको एक रिपोर्टअनुसार यो मामिला आफूलाई शक्तिशाली सैन्य प्रतिष्ठानद्वारा समर्थित अमेरिकी षड्यन्त्रको हिस्साका रूपमा सत्ताबाट बाहिर गरिएको भन्ने पूर्वप्रधानमन्त्री खानले पेस गरेको प्रमाणसँग मात्र सम्बन्धित रहेको छ ।

अमेरिका र पाकिस्तानी सेनाले खानको उक्त दाबीको खण्डन गरेका छन् । खानको पाकिस्तान तहरिक–ए–इन्साफ ९पीटीआई० पार्टीका उपाध्यक्ष एवं पूर्वविदेशमन्त्री शाह महमुद कुरेशीलाई पनि उक्त मामिलामा दोषी ठहर गरिएको छ ।

पीटीआईका एक प्रवक्ताले ‘अदालत परिसरभित्र जनता तथा मिडियाको पहुँचबिना आयोजित’ मुद्दामा दुवै व्यक्तिमाथि औपनिवेशिक युगको आधिकारिक गोपनीयता कानूनअन्तर्गत आरोप लगाइएको बताए ।

खानका वकिलहरूका अनुसार जुन अपराधमा उनीमाथि आरोप लगाइएको छ त्यसमा १४ वर्षको जेल सजाय हुनसक्छ र सबैभन्दा गम्भीर परिस्थितिमा मृत्युदण्डको सजायको प्रावधान छ ।

Tags :
प्रतिक्रिया दिनुहोस