गाजा द्वन्द्वमा मारिए २९ जना कर्मचारी   « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गाजा द्वन्द्वमा मारिए २९ जना कर्मचारी  


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ । प्यालेस्टाइन शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घको राहत र कार्य निकायले गाजामा आफ्ना २९ सहकर्मीहरू मारिएको बताएको छ। अक्टोबर ७ देखीका हिंसामा उनीहरू मारिएको बताइएको छ।

‘हामी स्तब्ध छौँ , शोकमा छौँ। २९ जना सहकर्मीहरू मारिएको पुष्टि भएको छ‘, राष्ट्रसङ्घ एजेन्सीले जनाएको छ। यो एजेन्सीले प्यालेस्टिनी शरणार्थीहरूको राहत र मानव विकासलाई सहयोग गर्दछ।

यसैबीच  विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले तत्काल युद्धविरामको लागि अपिल गरेका छन्।

यसैबीच, इजरायलको कल्याण मन्त्रालयले हमासको आक्रमणका कारण १३ परिवारका कम्तीमा २१ बालबालिका अभिभावकविहीन भएको बताएको छ। टाइम्स अफ इजरायलका अनुसार कसैले बाबु आमा गुमाएका छन्, कसैका बन्दी बनेका छन् भने, कसैका बेपत्ता छन्।

Tags :
प्रतिक्रिया दिनुहोस