पाल्पा जीप दुर्घटनामा मृत्यु हुने सबै एकै परिवारका « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पाल्पा जीप दुर्घटनामा मृत्यु हुने सबै एकै परिवारका


६ कार्तिक २०८०, सोमबार


काठमाडौँ । आइतबार जीप दुर्घटनामा मृत्यु हुने सबै एकै परिवारका रहेको पुष्टि भएको छ।

पाल्पाको रानीमहलबाट तानसेन फर्किँदै गर्दा आइतबार साँझ बागमती प्रदेश ०१-०२६-७२०९ नम्बरको जीप दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासी पूर्व देवचुली-१६ रजहरका ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी पत्नी ५६ वर्षीया पार्वती लोहनी, बुहारी ३५ वर्षीया सविना घिताल, नातीहरु ११ वर्षीय सोबिस धिताल, र सबिनाका अर्का अढाई वर्षीय छोरा रहेका छन्।

त्यसै गरी कृष्णबहादुरका आफन्त लमजुङ वेसीसहर २ भकुण्डेकी ५५ वर्षकी चुना धितालको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरीले जानकारी दिए।

कृष्णबहादुरका छोरा जीप चालक ३६ वर्षीय ईश्वरबहादुर लोहनीको भने तानसेनको मिसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

उनीहरू सबैको घटना स्थलमै मृत्यु भएको हो। रानीमहल घुम्न गएको बेला उनीहरू दुर्घटनामा परेका हुन्। तानसेन–१३ स्थित बैकुण्ठेभीरबाट जीप १ सय मिटर तल खसेर जीप दुर्घटनामा परेको थियो।

दुर्घटना भएको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट गएको प्रहरी टोली, सशस्त्र र नेपाली सेनाले संयुक्त रूपमा मृतक र घाइतेको उद्धार गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस