काठमाडौँ । दाङको ग्वारखोलामा डुबेर एक बालिकाको मृत्यु भएको छ।
जिल्लाको राजपुर गाउँपालिका-१ गुरुङ खोला घर भई तुलसीपुर उपमहानगरपालिका-७ स्थित मामा घरमा बस्दै आएकी ७ वर्षीया समीक्षा खड्काको नुहाउने क्रममा खोलामा डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार आइतबार दिउँसो साढे २ बजेतिर नुहाउन गएकी खड्काको ग्वारखोलाको खाडलमा परी डुबेर मृत्यु भएको हो।
प्रहरीका अनुसार समीक्षा, उनका भाइ, मामाका छोरा, ठूली आमाका छोरासहित चार जना दिउँसो ग्वारखोलामा नुहाउन गएका थिए।
तुलसीपुर–७ र १६ को सिमानामा पर्ने ग्वार खोलाको मलवारे कुलोको बाँध नजिकै खोला जन्य पदार्थ उत्खनन गरेको खाल्डोमा नुहाउने क्रममा बालिका डुबेकी प्रहरीको भनाई छ ।