जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

जङ्गली हात्तीको आक्रमणबाट एकको मृत्यु


५ कार्तिक २०८०, आइतबार


काठमाडौँ । रौतहटमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।  

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं९५ स्थित राजपैडा घर भएकी ५५ वर्षीय मनीया देवी कुमारको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो।

शनिबार दिउँसो घाँस काट्न  साझेदारी वनमा गएकी मनीयाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले  जानकारी दिएको छ ।

मृतकको शव आइतबार बिहान  फेला परेको प्रहरी कार्यालयले जनाएको छ । सँगै गएका दुईजना समेत हात्तीको आक्रमणबाट घाइते भएका छन्। 

घाइते हुनेहरूमा राजपैडा घर भएकी ५४ वर्षीय अघनिया देवी र ६५ वर्षीय पनाबती कुमारी चौधरी रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस