प्रहरीलाई साइकल हस्तान्तरण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रहरीलाई साइकल हस्तान्तरण


४ कार्तिक २०८०, शनिबार


बारा । कलैया उपमहानगरपालिकाका नगर प्रमुख विनोद साहले जिल्ला प्रहरी कार्यालय बारालाई ११ थान साइकल हस्तान्तरण गरेका छन् । चाडबाडको बेला शान्ति सुरक्षालाई चुस्त-दुरुस्त पार्न एवं प्रहरी गस्तीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ साइकल प्रदान गरेका हुन् ।  

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले साइकल गस्ती प्रभावकारी हुनाका साथसाथै कम खर्चिलो हुने बताउँदै प्रहरीको निगरानी बढाउने र शान्ति सुरक्षा कायम गर्नमा यसले थप मद्दत पुग्ने बताए । 

साइकल हस्तान्तरितता नगर प्रमुख साहले साइकलको माध्यमबाट नगरभरि प्रहरीको गस्ती टोली परिचालन भयो भने अपराध एवं चोरीपैठारी नियन्त्रण, लागूपदार्थ सेवकर्ताहरुलाई पनि निगरानी गर्ने सहयोग पुग्ने विश्वास व्यक्त गरे । शान्ति सुरक्षा बहाल गर्ने सन्दर्भमा प्रहरी दिनरात खटिरहेको र साइकलले प्रहरीलाई गस्ती गर्न थप सहयोग पुग्ने उनले बताए 

Tags :
प्रतिक्रिया दिनुहोस