गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य


४ कार्तिक २०८०, शनिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।

चीनको भ्रमणका क्रममा रहँदा यही कात्तिक १ गते हृदयघात भएपछि उनी बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा भर्ना भएका थिए। 

उपप्रधानमन्त्री श्रेष्ठ शनिबार बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थालेको उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए। हृदयघात भएपछि उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ। 

यसैबीच, उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। यसअघि सार्वजनिक सुरक्षामन्त्री वाङले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए। 

चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय अन्तर्राष्ट्रिय विभागका निर्देशक पेङ सीउ सानले उपप्रधानमन्त्री श्रेष्ठसँग भेट गरी पूर्ण स्वास्थ्य लाभको कामना गरेका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीले आफ्नो प्रतिनिधि पठाएर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यलाभको कामना गरेको स्वकीय सचिव श्रेष्ठले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस