मोटरसाइकलको ठक्करबाट मृत्यु  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मोटरसाइकलको ठक्करबाट मृत्यु 


४ कार्तिक २०८०, शनिबार


कैलाली । कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा जोशीपुर गाउँपालिका-४ हस्नापुरका ३६ वर्षीय साइकलयात्री डाटाप्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

बर्दगोरिया गाउँपालिका-२ स्थित पूर्व-पश्चिम राजमार्गमा बा७८प ३६४६ नम्बरको मोटरसाइकले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदीप चन्दले बताए ।

मोटरसाइकल र मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका-७ का चाकाबारी बस्ने २७ वर्षीय सनम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस