प्रदेश प्रमुख समक्ष प्रतिवेदन प्रस्तुत « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदेश प्रमुख समक्ष प्रतिवेदन प्रस्तुत


३ कार्तिक २०८०, शुक्रबार


मोरङ । कोशी प्रदेशका  प्रमुख परशुराम खापुङसमक्ष आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आयोगको चौथो वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम उक्त प्रतिवेदन प्रस्तुत गरिएको हो । 

त्यस अवसरमा प्रदेश प्रमुख खापुङले सङ्घीयतालाई सुदृढ बनाउन जनजातिलगायत अन्य आयोगको अहम् भूमिका रहेको बताउँदै साम्प्रदायिक सद्भाव, धार्मिक सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए ।

आयोगका अध्यक्ष थापा मगरले प्रदेशका आदिवासी जनजाति समुदायको सार्वभौम अधिकार सुनिश्चित गर्नुपर्ने विषयलाई प्रतिवेदनमा समेटिएको बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस