यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

यू-१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने


३ कार्तिक २०८०, शुक्रबार


काठमाडौँ । नेपाली यू-१९ टिमले प्रिमियर कपको सेमिफाइनलमा जापानलाई प्रतिद्वन्द्वी पाएको छ । मलेसियामा चलिरहेको यो प्रतियोगितामा नेपाल र जापानबीचको सेमिफाइनल खेल भोलि शनिबार हुने छ ।

समूह एमा अपराजित हुँदै सेमिफाइनल पुगेको नेपालले समूह डीको विजेताको रूपमा जापानलाई प्रतिस्पर्धी पाएको हो ।

यूकेएम वाइएसडी ओभल, बाङ्गीमा शुक्रबार भएको समूह डीअन्तर्गतको अन्तिम खेलमा हङकङलाई डकवर्थ लुइस (डीएलएस) प्रणालीमा ५७ रनले हराउँदै जापान समूह विजेता बनेको हो ।

यू-१९ प्रिमियर कपको फाइनल खेल भने कात्तिक ७ गते हुनेछ । यो प्रतियोगिताका शीर्ष ३ टिमले आउँदो डिसेम्बरमा हुने यू-१९ एसिया कप खेल्न पाउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस