सेनाद्वारा फूलपाती हर्षबढाइँको पूर्वाभ्यास  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

सेनाद्वारा फूलपाती हर्षबढाइँको पूर्वाभ्यास 


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेपाली सेनाले काठमाडौँको टुँडिखेलमा फूलपातीको हर्षबढाइँको पूर्वाभ्यास गरेको छ ।

फूलपाती तयारको लागि सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्षबढाइँ समारोहको पूर्वाभ्यास गरेको हो ।

यस अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा अभ्यास प्रस्तुत गरेको थियो । त्यस्तै हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत गरिएको थियो भने इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपास सहितको अभ्यास गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस