त्रिदेशीय टी-२० शृङ्खला : हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

त्रिदेशीय टी-२० शृङ्खला : हङकङविरुद्ध नेपाल ६ विकेटले विजयी


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले लगातार दोस्रो जित निकालेको छ । आज बिहीवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले हङकङलाई ६ विकेटले हरायो ।

हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले १३ ओभर ५ बलमा ४ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले नटआउट २५ रन बनाए ।

यसअघि हिजो बुधवार भएको खेलमा नेपालले युएईलाई हराएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस