काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा हङकङले नेपालसमक्ष ९५ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मूलपानी क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गर्ने मौका पाएको हङकङले निर्धारित २० ओभर खेल्दै सबै विकेट गुमाएर ९४ रन बनाएको हो।