गगन थापाको दाबी-आगामी निर्वाचनमा गठबन्धन गरे काँग्रेस एक रहँदैन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गगन थापाको दाबी-आगामी निर्वाचनमा गठबन्धन गरे काँग्रेस एक रहँदैन


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनमा गठबन्धन नगर्ने बताएका छन् ।

गठबन्धन गरे काँग्रेस पार्टी एक नरहने दाबी गरेका हुन् । प्रेस युनियन काठमाडौँले बिहीबार आयोजना गरेको चियापान कार्यक्रममा उनले अबको चुनावमा गठबन्धन नबन्ने बताए ।

“गठबन्धन गरेर ०८४ को निर्वाचनमा गए काँग्रेस पार्टी एक रहँदैन । कसैले नसोचे हुन्छ,” उनले भने, “हामी गठबन्धन गरेर अबको चुनावमा जाँदैनौँ ।”

उनले चुनावपछि मात्र गठबन्धन गर्ने र सरकार जसले चलाउने हो निश्चित समय उसलाई एक्लै चलाउन दिने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस