प्रेस काउन्सिलमा आचारसंहिता उल्लंघन घटनाका उजुरी बढे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रेस काउन्सिलमा आचारसंहिता उल्लंघन घटनाका उजुरी बढे


२ कार्तिक २०८०, बिहिबार


काठमाडौँ । प्रेस काउन्सिल नेपालमा आचारसंहिता उल्लंघन घटनाबारेका उजुरी बढेको छ । काउन्सिलले बुधबार एक सूचना प्रकाशित गरि पछिल्लो ३ महिनामा १ सय ३२ वटा उजुरी र जनगुनासो परेको जानकारी दिएको हो ।

दर्ता भएका उजुरीमध्ये ९३ वटा गालीबेइज्जती र चरित्रहत्या तथा मानहानि, २५ वटा भ्रामक तथा असन्तुलन, २ वटा बार्गेनिङ तथा ४ वटा हुबहु र समाचार चोरीका छन् ।

अदालतमा विचाराधीन रहेको मुद्दाका विषयमा सामग्री सम्प्रेषण गरेका चारवटा सञ्चार माध्यमलाई न्याय निरुपणमा प्रभाव पार्ने किसिमका सामग्री सम्प्रेषण नगर्नरनगराउन निर्देशन दिइएको काउन्सिलले जनाएको छ ।

किर्ते शैक्षिक प्रमाणपत्रको उजुरीसहित २ जना सञ्चारकर्मीविरुद्ध परेका विभिन्न उजुरीमाथि छानबिनका क्रममा सूचना विभाग र नेपाल पत्रकार महासंघलाई पत्राचार गरी आवश्यक जानकारी लिने निर्णय भएको छ ।

फोन संवादलाई रेकर्ड गरेको र त्यो सामग्री सञ्चारमाध्यमबाट प्रसारित भएको उजुरीका आधारमा एक जना र सामाजिक सञ्जालबाट सामाजिक सद्भाव खलल पार्ने, साम्प्रदायिक हिंसा फैलाउने किसिमको सामग्री सम्प्रेषण गरेको उजुरीका आधारमा एक जना गरी २ जना पत्रकारलाई सचेत गराइएको काउन्सिलले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस