प्रहरी सहायक हवल्दारसहित ३ जना पक्राउ, चितुवाको छाला र चरेस बरामद « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रहरी सहायक हवल्दारसहित ३ जना पक्राउ, चितुवाको छाला र चरेस बरामद


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । धनगढीमा चितुवाको छाला र चरेससहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार पनि छन्। 

प्रहरीका अनुसार प्रहरी सहायक हवल्दार करनबहादुर चन्द, बाजुराको गौमुल गाउँपालिका-१ का २६ वर्षीय धनकृष्ण रोकाया र बुढीगंगा नगरपालिका-१० बस्ने ३० वर्षीय हेमराज जोशी पक्राउ परेका हुन्।

बुधबार साँझ ७ बजे धनगढीको सहिदगेट नजिकैको जुमेरा होटलमा जाँच गर्दा तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएका छ । 

उनीहरूको साथबाट सात फिट ६ इन्च लम्बाइ र एक फिट १० इन्च चौडाइ भएको बाघको छाला एक थान र ६ किलो ७४० ग्राम चरेस बरामद गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस