देउवाद्वारा अधिवक्ता देवकोटाको निधनमा दुःख व्यक्त « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

देउवाद्वारा अधिवक्ता देवकोटाको निधनमा दुःख व्यक्त


१ कार्तिक २०८०, बुधबार


deuba

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्याङ्जा जिल्ला चापाकोट नगरपालिका-९ स्थित पार्टीका सक्रिय बौद्धिक व्यक्तित्व अधिवक्ता टीकाराम देवकोटाको निधनप्रति दुःख व्यक्त गरेका छन् । 

लामो समयदेखि लोकतान्त्रिक आन्दोलनमा सक्रिय योगदान गरेका देवकोटाको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको सभापति देउवाले शोक वक्तव्यमा उल्लेख गरेका छन् । 

काँग्रेसमा आबद्ध देवकोटाको मष्तिष्काघातको उपचारका क्रममा ५९ वर्षको उमेरमा मङ्गलबार वयोधा अस्पतालमा निधन भएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस