मालपोत र नापी कार्यालयद्वारा कोहलपुरबाट पनि सेवा सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मालपोत र नापी कार्यालयद्वारा कोहलपुरबाट पनि सेवा सुरु


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । कोहलपुरमा मालपोत र नापी कार्यालयले औपचारिक रूपमा सेवा प्रवाह गरेका छन्।

कार्यक्रमकी प्रमुख अतिथि एवम् नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता चौधरीले औपचारिक रूपमा सेवा प्रवाह शुभारम्भ गरेकी हुन्।

सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री चौधरीले कोहलपुर लगायत आसपासका क्षेत्रका नागरिकहरू आफ्नो काम काज गराउनका लागि अब नेपालगन्ज जानु नपर्ने बताइन्।

कोहलपुरमा मालपोत र नापीको सेवा सुचारु गर्ने विषयमा आफूले आवश्यक पहल गरेको बताइन्। कार्यक्रममा बोल्ने अन्य वक्ताले कोहलपुरमा स्थापना भएको मालपोत र नापी कार्यालयले जनतालाई सहज रूपले सेवा दिनुपर्ने सुझाव दिए।

सो क्रममा प्रतिनिधि सभाका सांसद सूर्य ढकाल, आशा बिक, नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी, लुम्बिनी प्रदेशका सांसद दुर्गा चौधरी, सञ्जुकुमारी चौधरी, बसन्ती अधिकारी, जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख सीता कार्की, कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख सङ्गीता सुवेदी, राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस