२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेरो ध्यान मुस्ताङको विकास निर्माणलाई गति दिने कुरामा केन्द्रित छ : प्रधानमन्त्री ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङ सहित हिमाली जिल्लामा जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्न सरकार गम्भीर रहेको बताएका छन्। उनले मुस्ताङवासीको पीडा कम गर्ने र त्यहाँको विकासलाई गति दिने कुरामा आफ्नो ध्यान गएको स्थानीयसँग बताउँदै ५० करोड सहयोग उपलब्ध गराउने घोषणा पनि गरे।

बुधबार राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा आयोजित जलवायु परिवर्तन र त्यसले हिमाली क्षेत्रमा पारेको असरबारे गरिएको अन्तरक्रियामा उनले सबैले मिलेर जलवायु परिवर्तनले पारेको असरको सामना गर्नुपर्ने भन्दै त्यसमा सरकार गम्भीर भएर लागेको बताए। त्यसका लागि राष्ट्रिय अन्तर्राष्ट्रिय सहयोग जुटाउन आफू प्रतिबद्ध रहेको भन्दै उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटर्रेस नेपाल आउँदा मुस्ताङको समस्या राख्ने बताए ।

विगतमा गएको हिउँ पहिरो र मुस्ताङको कागवेनी क्षेत्रमा गएको बाढी जलवायु परिवर्तनको उपज भएको भन्दै उनले थपे, ‘विगतमा हिमपातको घटना घट्यो र ठूलो मानवीय क्षति पनि भयो। जलवायु परिवर्तनसँग यसको सम्बन्धलाई हामीले कसरी सम्बोधन गर्न सकिन्छ, यहाँको कृषि उत्पादन, पर्यटन र तमाम व्यवसायसँग जलवायु परिवर्तनबाट पुगेको क्षतिलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा सरकार गम्भीर ढंगले लागेको छ।’

मुस्ताङ जलवायु परिवर्तनको चपेटामा परेको र त्यसको न्यूनीकरणमा सरकार गम्भीर भएको उनको भनाई छ। प्रधानमन्त्रीले जलवायुसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय संस्थाले नेपाललाई झन्डै ५० करोड सहयोग गर्न लागेको र सो रकम सबै मुस्ताङलाई दिने घोषणा उनले गरे।

‘अहिले जलवायुसँग सम्बन्धित एउटा अन्तर्राष्ट्रिय संस्थाबाट झन्डै ५० करोड नेपाललाई प्राप्त हुँदैछ। त्यो ५० करोड मुस्ताङलाई नै हामी दिँदै छौं। यसबाट तपाईँहरूले बुझ्न सक्नु हुन्छ सरकारले मुस्ताङ जिल्ला र यसको ऐतिहासिकता, भौगोलिक विशिष्टता, यहाँको संस्कृति, परम्परा, उत्पादनप्रति सरकार निकै नै संवेदनशील छ।’

अन्तर्राष्ट्रिय समस्याको रूपमा रहेको जलवायु परिवर्तनले नेपालको हिमाली जनजीवन, इकोसिस्टम र भौगोलिकतामा पारेको असर निकै गम्भीर भएको र सो बारे आफ्नो संयुक्त राष्ट्रसंघ देखि रोमको भ्रमणसम्ममा नेपालको समस्या राखेर विश्वको ध्यानाकर्षण गराएको बताए।

उनले थपे,‘मैले नेपालमा जलवायु परिवर्तनबारे परेको भयानक असर र त्यसबाट जनधनमा पुगेको क्षति, नेपाल र दक्षिण एसियामा या हिमालय पर्वत शृङ्खला वरिपरिको जनजीवनमा असर परेको कुरा मैले इटाली, संयुक्त राष्ट्रसंघको महासभा र अन्य समिटमा राखेको छु। मैले यो विषयलाई गम्भीरताको साथ राखेर विश्वको ध्यानाकर्षण भएको छ।’ उनले थपे, ‘ हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित रहँदैनन्।

जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो। कोप २८ मा सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीर पूर्वक विषय राख्नेछ। विश्व समुदायको ध्यानाकर्षित गर्ने र नेपालमा यो जोखिम न्यूनीकरणको निम्ति जलवायु कोषमा बढी भन्दा बढी अन्तर्राष्ट्रिय सहयोग जुटाउन अपिल गर्ने तयारी गरिसकेका छौं।’

उनले संयुक्त राष्ट्रसंघका महासचिव गुटर्रेसलासलाई नेपाल भ्रमणको निम्तो दिनुको पछाडिको मुख्य कारण पनि जलवायु परिवर्तनले मुस्ताङ लगायतका क्षेत्रमा पारेको असर प्रत्यक्ष अवलोकन गर्न लगाउने रहेको बताए।

मुस्ताङको आफ्नै विशिष्ट किसिमको विशेषता रहेको उल्लेख गर्दै उनले त्यहाँको सामाजिक, धार्मिक, भौगोलिक, राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय रूपमा यसको महत्त्व रहेको बताए। साथै उनले भविष्यमा गर्नुपर्ने पूर्वाधार विकासको निम्ति महासचिव राष्ट्र गुटर्रेस सहित अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए।

मुस्ताङको विकासमा आफ्नो ध्यान गएको भन्दै उनले त्यसका लागि सबै प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको धारणा राखेका छन्।

प्रतिक्रिया दिनुहोस