काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्रका तीन वटा सडक खण्ड आज देखी एकतर्फी (वान वे) बनाइएको छ।
अब काठमाडौँ र ललितपुर जोड्ने सेतोपुल, गुसिङ्गाल, मिलन मार्ग हुँदै त्रिपुरेश्वर आउने सडकमा त्रिपुरेश्वरबाट त्यो सडक खण्डमा प्रवेश गर्न पाइने छैन।
त्यस्तै, जमल र दरबारमार्गबाट रत्नपार्क आउँदा त्रिचन्द्र क्याम्पस अगाडिबाट बायाँ मोडेर गणेशस्थान, प्रज्ञाभवन हुँदै कमलादी मोडतर्फ आउन पाइने छैन।
पुतली सडकबाट काठमाडौँ प्लाजा हुँदै हात्तीसारतर्फको सडक खण्डमा अब प्लाजाबाट बायाँ मोडिन पाइने छैन। यहाँदेखि महेन्द्र शालिकसम्मको सडकलाई एकतर्फी बनाइएको काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञले जानकारी दिए।