गाजा अस्पतालमा हवाई आक्रमण : सयौंको मृत्यु « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

गाजा अस्पतालमा हवाई आक्रमण : सयौंको मृत्यु


१ कार्तिक २०८०, बुधबार


गाजा । गाजा शहरको स्थानीय अस्पताललाई लक्षित गरी गरिएको हवाई आक्रमणमा सयौं प्यालेस्टाइनीहरूको मृत्यु भएको छ ।

मङ्गलबार राति गरिएको आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र अस्पताल वरपर शरण लिइरहेका परिवारहरूले ज्यान गुमाएको प्यालेस्टाइनी चिकित्सा स्रोतहरूले बताएका छन् ।

अहिले त्यहाँको अवस्था दर्दनाक रहेको र मानवीय सहायताको पर्खाइमा रहेको बताएको छ ।

घटनाको जिम्मा कसैले लिएको छैन यद्यपि इजरायली पक्षबाट हवाइ आक्रमण भएको सञ्चार माध्यममा जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस