नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले हरायो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले हरायो


१ कार्तिक २०८०, बुधबार


काठमाडौँ । आइसीसी क्रिकेट विश्वकपमा नेदरल्याण्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

मंगलबार राति सम्पन्न खेलमा नेदरल्याण्डसले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो। नेदरल्याण्डसले दिएको २४६ रनको लक्ष्य पछाएको खेलमा दक्षिण अफ्रिका ४२ दशमलव ५ ओभरमा अल आउट हुँदै २०७ रन मात्र बनाउन सफल भयो ।

नेदरल्याण्डसले निर्धारित ४३ ओभरमा ८ विकेट गुमाउँदै २४५ रन बनाएको थियो । वर्षाले प्रभावित भएपछि यो खेल ४३ ओभर खेलाइएको थियो।

यसअघि अफगानिस्तानले डिफेन्डिङ च्याम्पियन ईङल्याण्डलाई पराजित गरेको थियो भने यस खेलमा नेदरल्याण्डसले बलियो मानिएको दक्षिण अफ्रिकालाई पराजित गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस