न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान चयन  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान चयन 


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । न्यायाधीश समाजको अध्यक्षमा सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल निर्वाचित भएकी छन् । समाजको मङ्गलवारको साधारण सभाले उनलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो ।

साधारण सभाले सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई उपाध्यक्ष, उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवरलाई महासचिव, जिल्ला न्यायाधीश शिशिरराज ढकाललाई सचिव, उच्च अदालतका पूर्व न्यायाधीश बालेन्द्र रुपाखेतीलाई कोषाध्यक्षमा चयन गरेको छ ।

समाजको कार्यसमिति सदस्यहरूमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, राजेश्वर तिवारी, उच्च अदालतका पूर्व न्यायाधीश शेखरराज पौडेल र जिल्ला न्यायाधीश दुर्गा खड्का चयन भएका छन् ।

समाजको अध्यक्ष बनेकी न्यायाधीश सपना प्रधान मल्ल एक वर्षसम्म मात्रै पदमा रहनेछिन् । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको अवकाशपछि उनले न्यायाधीश समाजको अध्यक्ष पद छाड्नुपर्नेछ । समाजको विधानमा न्यायपरिषदको सदस्य हुने न्यायाधीश त्यही दिनदेखि पदमा नरहने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस