ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । घोराही उपमहानगरपालिका-१६ तेरौटेस्थित ज्येष्ठ नागरिक सरोकार केन्द्रद्वरा सञ्चालित द्रोपत्ताकुमारी लोहनी लक्ष्मी नारायण वृद्धआश्रममा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको छ।

रिपोर्टस क्लब दाङको आयोजना तथा तुलसीपुर सिटी हस्पिटलको प्राविधिक सहयोग एवं श्री १९ नम्बर बाहिनी तुलसीपुरको विशेषज्ञ सहयोगमा मंगलबार निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर वृद्धआश्रममा बस्दै आएका १७ जना ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षणसँगै बिरामीलाई औषधि सहयोग गरिएको हो।

ज्येष्ठ नागरिकहरूको डाक्टर असिम भण्डारीसहितको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो। निःशुल्क स्वास्थ्य चेकजाँचसँगै औषधि पाउँदा वृद्धआश्रममा रहेका ज्येष्ठ नागरिक खुसी भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस