हमास समूहको कब्जाबाट मुक्त गर्न पहल होस् भन्दै प्रधानमन्त्रीलाई विपिनका परिवारको अपिल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हमास समूहको कब्जाबाट मुक्त गर्न पहल होस् भन्दै प्रधानमन्त्रीलाई विपिनका परिवारको अपिल


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ। प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका एक नेपालीको अवस्था अझै अज्ञात रहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ का विपिन जोशी अहिलेसम्म पनि सम्पर्कमा छैनन् ।

उनका परिवारका सदस्यहरूको विपिनलाई हमास समूहले अपहरण गरेको भन्दै रिहाको पहल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपिल गरेका छन् ।

विभिन्न कार्यक्रममा सरिक हुन कैलाली पुगेका प्रधानमन्त्री दाहाललाई विपिनका परिवारले ज्ञापन पत्र बुझाउँदै रिहाको पहल गर्न अपिल गरेका हुन । गौरीगङ्गा नगरको नवनिर्मित भवनको उद्घाटन गर्न चौमाला पुगेका प्रधानमन्त्रीलाई परिवारका सदस्यहरूले ज्ञापन पत्र दिएका थिए ।

ज्ञापन पत्रमा विपिनलाई हमास समूहले ३्४ जना थाई नागरिकसँगै अपहरण गरेको भन्ने बुझिएकोले उनको रिहाइको लागि पहल गर्न अपिल गरिएको छ । विपिनमा बुबा महानन्द जोशी, आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले हस्ताक्षर गरेको ज्ञापन पत्र प्रधानमन्त्री ‘प्रचण्ड’ले बुझेका थिए ।

ज्ञापन पत्र बुझ्नु अघि नै ‘प्रचण्ड’ले विपिनको विषयमा सरकार गम्भीर रहेको र खोजी कार्य तीव्र पारेको बताएका थिए ।

गत शनिबार गाजास्थित हमास समूहको आक्रमणमा परी १० जना नेपालीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए । हमासले पहिलो पटक आक्रमण गर्दा विपिनले नै ग्रिनेड फिर्ता पठाएका थिए । त्यसपछि दोस्रो पटकको आक्रमणमा परी नेपाली विद्यार्थीहरूको ज्यान गएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस