गैरआवासीय नेपालीलाई नागरिकता दिनु राष्ट्रघाती : प्रभु साह « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गैरआवासीय नेपालीलाई नागरिकता दिनु राष्ट्रघाती : प्रभु साह


३० आश्विन २०८०, मंगलबार


काठमाडौँ । सरकारले सुरु गरेको गैरआवासीय नेपालीलाई नागरिकता वितरण अभियानको आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहले विरोध गरेका छन् ।

अध्यक्ष साहले गैरआवासीय नेपालीलाई नागरिकता दिनुलाई राष्ट्रघाती भन्दै सामाजिक सञ्जालमार्फत विरोध जनाएका हुन् । उनले सरकारको अपराधजन्य कार्यकोविरुद्ध आम जनता एक भएर प्रतिवाद गर्नुपर्ने उल्लेख गरेका छन् ।

उनले गैरआवासीय नागरिकता वितरणले विदेशी नागरिकता लिएका नेपालीहरूको नेपालमा रोकिएको अचल सम्पत्ति बेचबिखन गरी विदेश लैजाने बाटो खुल्ने बताएका छन् ।

‘खर्बो खर्बको चल सम्पत्ति अवैध ढङ्गले विदेश पुर्‍याइसकेका तिनीहरूले अब आफ्नो अचल सम्पत्ति पनि खुलेआम विदेश लान पाउनेछन्’, उनले भनेका छन्, ‘नेपालमा लुटेर राखेका सम्पत्ति समेत विदेश लैजानलाई अब कानुनी समस्या हुनेछैन ।’

दुनियाँमा कहीँ नभएको दोहरो नागरिकताको प्रावधानले नेपाल छिट्टै खोक्रो हुने उनले टिप्पणी गरेका छन् । ‘विदेशी लगानी नेपाल ल्याउनलाई यो दोहोरो नागरिकताको प्रावधान ल्याइएको भन्ने हल्ला मच्चाएर आज ठुलो राष्ट्रघाती कार्य हुँदैछ’, उनको दाबी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस