काठमाडौँको थप तीन ठाउँमा वान वे « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

काठमाडौँको थप तीन ठाउँमा वान वे


२९ आश्विन २०८०, सोमबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थप तीन ठाउँमा एकतर्फी (वान वे) बनाएको छ । कार्तिक १ गतेदेखि लागू हुने गरी महानगर क्षेत्रभित्र थप तीन ठाउँमा वान वे बनाएको हो ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सवारी आवागमनलाई थप व्यवस्थित बनाउन कात्तिक १ गतेबाट लागू गर्ने गरी त्रिपुरेश्वर, कमलादी र दरबारमार्ग सडक खण्डलाई एकतर्फी (वन–वे) बनाइएको महानगरले आज एक सूचना जारी गरेर जानकारी दिएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं ११ त्रिपुरेश्वर मूल सडक खण्डको दक्षिणतर्फ त्रिपुरेश्वरबाट गुसिंगाल- सेतोपुल-मिलन मार्गतर्फ जान मात्र पाउने छ ।

यस्तै वडा नं २८ पुतलीसडक, मूलसडक खण्डको पश्चिमतर्फ कमलादी मोडबाट घण्टाघरतर्फ जान मात्र पाउनेछ भने वडा नं १ र २८ मा पर्ने दरवार मार्ग मूल सडकको पूर्वतर्फ महेन्द्र सालिकदेखि कृष्ण पाउरोटी चोक (कमल पोखरी) सम्म जान मात्र पाउने महानगरपालिकाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस