मीन विश्वकर्माले भने-कोशीमा काँग्रेसको भँगालो फाट्यो  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मीन विश्वकर्माले भने-कोशीमा काँग्रेसको भँगालो फाट्यो 


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन पक्षले कोशीमा सरकार बनाउन चालिएको कदमलाई गम्भीर रूपमा लिएको जनाएको छ ।

नेता डा. शेखर कोइराला पक्षका प्रदेशसभा सदस्य केदार कार्कीले बिहीबार काँग्रेसका ८ र नेकपा एमालेका ३९ जनाको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । पार्टी प्रचार विभाग प्रमुख मीन विश्वकर्माले यो प्रकरणको गम्भीर समीक्षा हुने बताए ।

पार्टी केन्द्र र प्रदेश संसदीय दलको बैठक बसेर भावी कदमबारे निर्णय लिने नेता विश्वकर्माले बताए । ‘कोशीमा काँग्रेसको भँगालो फाटेको छ । यसलाई पार्टीले गम्भीर रूपमा लिएको छ’, विश्वकर्माले भने, ‘छिट्टै बैठक बसेर निर्णय लिन्छौँ ।’

कोशी प्रकरणले पार्टीको केन्द्रीय तहमा पनि प्रभाव पर्ने विश्वकर्माको भनाइ छ । नेकपा एमालेसँग मिलेर अर्को पक्षले हस्ताक्षर बुझाउने तहमा जान सक्ने आकलन नगरिएको संस्थापन पक्षको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस