२५० जना नेपाली बोकेर इजरायलबाट उड्यो नेपाल एयरलाइन्सको विमान « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

२५० जना नेपाली बोकेर इजरायलबाट उड्यो नेपाल एयरलाइन्सको विमान


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । नेपालीहरूको उद्धारका लागि गएको नेपाल एयरलाइन्सको विमान इजरायलबाट उडेको छ।

२५० जना नेपाली बोकेर विमान इजरायलबाट उडेको हो। परराष्ट्र मन्त्रालयका अनुसार विमान आजै राति सवा ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

नेपालीहरूको उद्धारका लागि परराष्ट्रमन्त्री एनपी साउद पनि इजरायल गएका छन्।

प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपालीको मृत्यु भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस