२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आर्थिक रूपान्तरणसहितको विकास आजको प्रमुख कार्यभार हो : गृहमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक आर्थिक रूपान्तरणसहितको विकास आजको प्राथमिक कार्यभार भएको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ र नेपाल-अमेरिका पत्रकार सङ्घ (नेजा) द्वारा आज आयोजित ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२२’ वितरण समारोहमा मन्त्री श्रेष्ठले देशलाई सामाजिक-आर्थिक विकासको गतिमा अघि बढाउनुपर्ने राष्ट्रिय कार्यभार रहेको बताए ।

“मुलुकलाई आर्थिक तथा सामाजिक रूपमा समृद्ध बनाउन राष्ट्रिय मुद्दामा सहमति कायम गरी सबै नेपालीलाई एकाकार बनाउनुपर्छ”, उपप्रधानमन्त्रीले भने, “सामाजिक, सांस्कृतिक र भौगोलिक पहिचानलाई बचाउँदै लैजानुपर्छ । हाम्रो पहिचान एकता र सहिष्णुताको मौलिक संस्कार बन्दै आएको छ । त्यसलाई कहीकतैबाट पनि कमजोर बनाउने काम हुनुहुँदैन ।”

नेपालमा भ्रष्टाचार महारोगका रूपमा रहेको उल्लेख गर्दै उपप्रधानमन्त्रीले मुलुकमा सुशासन कायम गर्ने काममा सहयोग पुर्‍याउन सञ्चारकर्मीलाई आग्रह गरे । “नेजाले नेपालको विकट भेगमा कार्यरत सञ्चारकर्मी र सञ्चारमाध्यमलाई सहयोग र सङ्गठित गर्दै ग्रामीण पत्रकारितामा सहयोग पुर्‍याइरहेको छ, मुलुकको सामाजिक-आर्थिक विकासमा पत्रकारिता क्षेत्रले सहयोग गर्नुपर्छ, लोकतन्त्र स्थापनामा सञ्चार क्षेत्रको महत्त्वपूर्ण भूमिका छ”, उनले भने ।

सामजवादोन्मुख लोकतन्त्रलाई संस्थागत गर्न सरकार दृढताका साथ लागिपरेको बताउँदै उनले नेपाली पत्रकारिताले जनतालाई सुसूचित हुन सघाएको उल्लेख गरे । आर्थिक सामाजिक विकासमा ठूलो सहयोग गरेको बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले जुम्लाकी दिलमाया शाही र सिन्धुपाल्चोककी कमला पाख्रिनलाई संयुक्तरुपमा ‘नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार-२०२२’ प्रदान गरे । पुरस्कारको राशि रु. दुई लाख २२ हजार दुई सय २२ रहेको छ । शाही ‘सन्धान अनलाइन’ र पाख्रिन ‘कान्तिपुर टेलिभिजन’मा आबद्ध छन् ।

नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्यले नेपालको पत्रकारिताको गुणात्मक विकासका लागि नेजाले सहयोग गर्दै आएको बताए । उनले अप्ठ्यारोमा परेका पत्रकारलाई नेजाले सहयोग गरेर साथीको भूमिका निर्वाह गरेकामा त्यसको सराहना गरे ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले भूगोलका हिसाबले दुर्गम भए पनि प्रविधिको विकासले सबै क्षेत्रलाई सहज बनाएकाले पत्रकारिता गर्न सजिलो भएको बताए ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने व्यक्तिले प्रविधि र समाजको जोखिम सामना गर्नुपर्ने अवस्था कायमै रहेको बताए ।

नेपाल पत्रकार महासङ्घका सल्लाहकार निर्मला शर्माले पत्रकारितामा सत्य तथ्यको पुष्टि गर्ने विषय चुनौतीपूर्ण रहेको बताए ।

महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकार जुन देश वा भूगोलको भए पनि आफूले कार्यस्थलमा रहँदा सम्बन्धित देशको कानुन पालनालाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

नेजा अध्यक्ष सुरज भण्डारी, पूर्व अध्यक्ष गौतम दाहाल, महासचिव बाबुराम दाहाल, महासङ्घका महासचिव रोशन पुरीलगायतले नेजाले नेपालको ग्रामीण क्षेत्रको पत्रकारिताको विकास र विस्तारका लागि गर्दै आएको योगदानको चर्चा गरे ।

प्रतिक्रिया दिनुहोस