यो सरकार परिवर्तन हुँदैन : माधव नेपाल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

यो सरकार परिवर्तन हुँदैन : माधव नेपाल


२५ आश्विन २०८०, बिहिबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सरकार चाँडै परिवर्तन हुन्छ भन्ने हल्ला निराधार भएको बताएका छन् । यो सरकार भ्रष्टाचार विरोधी अभियानमा लागेकोले परिवर्तन हुने सम्भावना नरहेको उनले बताए ।

गुलरियामा बिहीबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् । ‘भ्रष्टाचारमा तपाईँको नाम पनि मुछिएको छ नि’ भन्ने पत्रकारको जिज्ञासामा उनले ‘आफूले भ्रष्टाचार गरेको प्रमाणित हुन्छ भने कारबाहीको लागि तयार भएको’ बताए ।

‘नबिराऊ न डराउ,’ उनले भने, ‘प्रधानमन्त्री फेर्ने कुरा कहाँबाट आयो, काँग्रेस लगायतका गठबन्धनले सरकार छोड्न चाहँदैनन् ।’

सञ्चारकर्मीले मेचीकाली जागरण भएपनि लिपुलेक, कालापानी किन जानु भएन भन्ने प्रश्नमा अध्यक्ष नेपालले त्यहाँ जाने योजना नरहेको बताए । मुलुकमा कृषि क्रान्ति जरुरी भएकोले यसबाट बेरोजगारी समस्या हदैसम्म निर्मूल पार्ने योजना रहेको उनले छ । विश्वव्यापीरुपमा आर्थिक सङ्कटले गुज्रिरहेको छ र त्यसको असर नेपालमा परेको उनले बताए । ‘खुला सीमा व्यवस्थापन राजनीतिक स्थायित्व नभएकोले हुन सकेको छैन,’ उनले भने, राजनैतिक स्थायित्व हुनासाथ सीमा व्यवस्थापन हुन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस