२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धान,गहुँ र मकैको उत्पादन नबढाएसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न सक्दैन : वेदुराम भुसाल

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले मुख्य बाली धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन नगरेसम्म नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न नसक्ने बताएका छन् ।

आज (बिहीवार) ललितपुरमा आयोजित विश्व खाद्य दिवसको कार्यक्रममा मन्त्री भुसालले यस्तो बताताएका हुन् । उनले नेपालले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने घोषणा गरेको र त्यस लक्ष्यलाई प्राप्त गर्न सबै एकजुट भएर कृषिमा सुधार गर्न आवश्यक रहेको बताए। उनले अहिले पनि झन्डै १३ लाख मेट्रिक टन धान, झन्डै चार लाख मेट्रिक टन गहुँ अपुग रहेको बताए ।

उनले भने, ‘हामीले खाद्य सुरक्षा मात्रै होइन, खाद्य सम्प्रभुताको विषयलाई पनि ऐन बनाएर व्यवस्थित बनाएका छौँ । हामीले सन् २०३५ सम्म खाद्यान्नमा आत्मनिर्भर बन्ने भनेका छौँ । कसरी हुने ? त्यसमा केन्द्रित हुनुपर्छ । हाम्रा मुख्य बाली– धान, गहुँ र मकैलाई विशेष जोड गरेर उत्पादन गरेनौँ भने हामीले त्यो लक्ष्य प्राप्त गर्न सक्दैनौँ । अहिले पनि झन्डै १३ लाख मेट्रिक टन धान अपुग छ, झन्डै चार लाख मेट्रिक टन गहुँ अपुग छ । मकै पनि अपुग छ । अन्य वस्तुहरू पनि आयात गरेका छौँ । मुख्यतः धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा केन्द्रित भएर छलफल गरी योजना नबनाइकन धेरै कुराले केही पनि काम गर्दैन । कसरी १३ लाख मेट्रिक टन धान उत्पादन गर्ने ? त्यसबारेमा सोच्नुपर्छ ।’

मन्त्री भुसालले मुख्यतः धान र गहुँको उत्पादन वृद्धि कसरी गर्ने भन्नेबारेमा केन्द्रित भएर छलफल गरी योजना बनाएर काम गर्न जरुरी रहेको बताए । उनले यो वर्ष कम्तीमा पनि एक लाख मेट्रिक टन क्षेत्रफलमा चैते धान लगाउन र छ देखि सात लाख मेट्रिक टनसम्म धान उत्पादन गर्न आवश्यक रहेको बताए ।

उनले भने, ‘भारतले नेपाललाई दुई वर्षका लागि धान, चामल निर्यात गर्छौँ भनेको छ तर अर्को वर्ष दिएन भने के गर्ने ? त्यसैले यो वर्ष कम्तीमा पनि एक लाख मेट्रिक टन क्षेत्रफलमा चैते धान लगाऔँ । जहाँबाट छदेखि सात लाख मेट्रिक टनसम्म धान उत्पादन गर्न सकिन्छ ।’

मन्त्री भुसालले पूर्वदेखि पश्चिमका नदी प्रणालीलाई जोड्ने गरी नहर निर्माण गर्न जरुरी रहेको बताए । यसका लागि बहुउद्देश्यीय योजना बनाएर अघि बढेमात्रै सोचेअनुसारको काम गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस